सुबास नेपाली डाेटी,
डोटीको सिलगढीमा दोश्रो अन्तर बिधालय चित्रकला प्रतियोगिता सम्पन्न भएको छ। डोटी स्थित नेपाली सेनाको श्री भैरव प्रसाद गणको आयोजनामा उक्त प्रतियोगिता सम्पन्न भएको भैरवप्रसाद गणका गणपति प्रमुख सेनानी परिक्षित देउजाले बताए ।
विद्यार्थीहरुको अन्तर निहित प्रतिभा प्रस्तुत गर्नुका साथै विद्यार्थीहरुको आत्मबल बढाउने उदेश्यले उक्त प्रतियोगिता आयोजना गरिएको गणपति देउजाले बताएका छन् ।प्रतियोगितामा जिल्ला सदरमुकामका ६ वटा बिधालयकाे सहभागीता रहेका मध्य पबित्र आवासीय माध्यामिक बिधालयकी छात्रा आयुशी श्रेष्ठले प्रथम स्थान हासिल गरेकि छन् । त्यस्तै भागरथी एकेडेमीका छात्र श्याम थापाले दोश्रो स्थान हासिल गरे भने बालमन्दिर आधारभुत बिधालयका अर्जुन साउदले तेस्रो स्थान हासिल गरेका छन् ।
प्रतियोगितामा प्रथम स्थान हासिल गर्नेलाई प्रमाणपत्र ,डायरी कलर पेन्सिल सेट र भैरव प्रसाद गणको मायाको चिनो , दोश्रो र तेस्रो स्थान हासिल गर्ने बिधालयहरुलाई प्रमाणपत्र ,पेन्सिल कलर सेट र मायाको चिनो प्रदान गर्नुका साथै सहभागी बिधालयलाई प्रमाणपत्र बितरण गरिकाे छ ।
भैरव प्रसाद गणले प्रत्येक वर्ष विधालयहरुमा विभिन्न प्रतियोगीता र जनचेतनामूलक कार्यक्रम गर्दै आइरहेको छ।











