मनमाेहन ठकुल्ला, सिलगढी,
डाेटीमा पछिल्लो चार वर्षयता अभद्र ब्यवहार विरूद्व ६५ मुद्दा घटना दर्ता भएका छन् भने ९८ जना पक्राउ परेका छन् ।
आर्थिक वर्ष २०७६/०७७ मा ११ मुद्दा दर्ता भएका छन् भने १८ जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा अभद्र ब्यवहारका १७ घटना प्रहरीमा दर्ता भएका छन् भने ३१ जनालाई पक्राउ गरिएकाे तथ्यांकमा उल्लेख गरिएकाे छ । आर्थिक वर्ष २०७८/०७९ मा २४ उजुरी परेका छन् भने ३४ जनालाई पक्राउ गरिएकाे छ । यसरी याे विगतकाे तीन आर्थिक वर्षकाे तुलनामा डाेटीमा अभद्र ब्यवहारका घटनाहरू बढ्दै गएकाे प्राप्त तथ्यांकमा उल्लेख गरिएकाे छ । अभद्र ब्यवहारका घटनाहरूमा महिलाकाे संख्या भने शुन्य रहेकाे छ ।
त्यसैगरी गत आर्थिक वर्ष २०७९/८० मा अभद्र ब्यवहार विरूद्व प्रहरीमा १३ मुद्दा दर्ता भएका छन् भने जसमध्ये १५ जनालाई प्रहरी पक्राउ गरिएकाे छ । यसरी विगतका तीन वर्ष र गत आर्थिक वर्षका घटनाहरूलाई तुलना गर्दा गत आर्थिक वर्ष २०७९/०८० मा अभद्र ब्यवहार विरूद्वका घटनाहरू घट्दै गएकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी निरीक्षक सिताराम बिष्टले जानकारी दिएकाे छ ।
प्रहरी कार्यालयले दिएकाे तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०८०/०८१ काे ६ महिनामा अभद्र ब्यवहार विरूद्व ६ घटनादर्ता भएका छन् भने १० जनालाई प्रहरीले पक्राउ गरिएकाे उल्लेख छ ।
पछिल्लो समयमा लागुओैषधका तथा अन्य विविध कारणले जिल्लामा अभद्र व्यवहारका घटनाहरू प्रायः हुने गरेकाे प्रहरी कार्यालयले जानकारी दिएकाे छ ।











