कैलाली / कैलाली जिल्लाकाे धनगढी उपमहानगरपालिमा एक घरमा आगलागी भएको छ।
आइतबार उपहानगरपालिका वडा नम्बर १५ मा रहेको आमबगैँचा बस्ने ३९ वर्षीया लक्ष्मी सेट्टीको घरका आगलागी भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
घरमा कोही नभएको बेला दुई कोठे जस्ताले छाएको घरमा आगलागी हुँदा अन्दाजी ५० हजार बराबरको क्षति भएको जनाएको छ। आगलागीको कारण भने अहिले सम्म नखुलेको प्रहरीकाे भनाइ छ











