कैलाली / कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर-४ तारानगर अबस्थित एक घरमा चाेरी भएकाे छ ।
पुजाका लागि पहाड घर डोटी गएका बेला स्थानीय करन बानियाको घरबाट सुनका गरगहना ८ तोला, तिन लाख नगद, ४ तोला चादीका सामाग्री चोरी भएको हाे । चोरले घरमा रहेको पुजा कोठाबाट नगद, दाराज फोडेर नगद र गरहना चोरेर लगेको बाँनिया परिवारले जनाएको छ ।
बाँनियाका अनुसार सपरिवार बुधवार पुजाका लागि डोटी गएका र फर्केर घरमा आईतवार आईपगेपछि मात्र चोरी भएको थाहा पाएकाे जानकारी दिएकाे छ ।
बाँनियाले आज सोमवार जिल्ला प्रहरी कार्यालय कैलालीमा चोरीको निवेदन दर्ता गर्ने भएका छन् ।











