सिलगढी । हाल देशमा उत्तर प्रदेशको आसपासमा रहेको न्यून चापीय क्षेत्र तथा पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेकाे छ ।
जस कारण आज (सोमबार) बागमती, ,गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर-पश्चिम प्रदेश लगायत कोशी प्रदेशका पहाडी भू-भागमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ । सुदुरपश्चिम प्रदेशका केही भूभागकाे माैसम आज विहानै देखि बदली भई हल्का वर्षा भैरहेकाे छ । त्यसैगरी वर्षा सुरू भएसँगै चिसाे पनि त्यतिकै बढेकाे छ ।
पछि लुम्बिनी प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ।











