कैलाली / कैलाली गाेदावरी नगरपालिका अत्तरियाबाट अनैतिक कार्यमा संग्लग्न ३ महिलासहित ६ जनालाई प्रहरीले पक्राउ गरिएकाे छ ।
जिल्लाकाे गोदावरी नगरपालिका–२ का अध्यक्ष , गोदावरी होटल व्यवसायी संघका अध्यक्ष, जनप्रतिनिधि, पदाधिकारी तथा इलाका प्रहरी कार्यालय मालाखेतीको संयुक्त अनुगमन टोलीले उनीहरुलाई पक्राउ गरेका हुन्।
पक्राउ पर्नेमा केही होटलका सञ्चालक समेत रहेकाे मालाखेती प्रहरीले जनाएको छ । पक्राउ परेकालाई थुनामा राखेर थप अनुसन्धान अगाडि बढाएको छ । अनुगमन टोलीले स्थायी लेखा नम्बर तथा दर्ता बिना सञ्चालनमा रहेका तथा नविरण बिनै सञ्चालन भइरहेका १५÷१५ होटल व्यवसायीलाई सम्झाई बुझाइ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।











