दार्चुला / दार्चुला जिल्लाको लेकम गाउँपालिका–४ मा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ।
रातामाटा स्थित देवलपाती भिरमा घाँस काट्दै गर्दा लडेर ५५ वर्षीया तुलसी पाठकको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।
उनी आइतबार दिउसो साढे ३ बजेतिर भिरबाट लडेर ६० मिटर तल खसेकी थिइन्।











