कैलाली/ कैलालीको चुरे गाउँपालिका–३ सल्लेरीमाबाट भरुवा बन्दुकसहित एकजना पक्राउ परेका छन्।
शनिबार साँझ पक्राउ पर्नेमा बझाङ जिल्लाको केदारस्युँ गाउँपालिका–६ का ३७ वर्षीय वीरबहादुर धामी रहेकाे कैलाली प्रहरीले जनाएको छद। उनलाई एकथान भरुवा बन्दुकसहित सल्लेरीबाट पक्राउ गरिएको हाे ।
धामीले भरुवा बन्दुक लुकाइराखेको भन्ने सूचना भएपछि प्रहरी टोलीले तलासी गर्ने क्रममा उक्त बन्दुकसहित फेला पारी पक्राउ गरेको जनाइएको छ।
उनी १२/१३ वर्षदेखि ससुराली लक्ष्मीदेवी धामीको घरमा घर ज्वाइँ भएर बस्दै आएका छन्।











