बझाङ / बझाङमा जिल्लाको छबिस पाथिभेरा गाउँपालिका वडा नम्बर १ को गुरेल्थुमा जिप दुर्घटना भएकाे छ ।
चैनपुरबाट विद्युतका सामाग्री बोकेर गुरेल्थुमा जाँदै गरेको से १ ज ५९३ नम्बरको जिप शनिवार कोल्ढुङ्गा नजिकै दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय, बझाङले जनाएको छ ।
चालक दिनेश धामीलाई चोट लागेको छ भने उनको चैनपुरमा रहेको जिल्ला अस्पतालमा उपचार भैरहेको छ । जिपमा क्षति भएकाे भएपनि जिपमा रहेका यात्रु सकुशल रहेकाे प्रहरीले जनाएको छ ।











