डाेटी / डाेटी प्रदेश सभा ख बाट निर्वाचित नेकपा माओवादी केन्द्रका नेता तथा सुदुरपश्चिम प्रदेश सभा सदस्य शिव सिँ ओलीलाई मातृशाेक परेकाे छ ।
नेता ओलीले केही समय अघि आफ्नाे फेसबुक बाल मार्फत आफ्नाे आमाकाे सघन उपचारकक्षमा उपचार हुदैछ गरेकाे जानकारी दिएका थिए । पुन दाेस्राे पटक आफ्नै फेसबुकबाल मार्फत आमाकाे स्वर्गीय भएकाे बताएका हुन् ।
आमाकाे उपचार हुँदै गर्दा आफुलाई गाह्राे भएकाे मन भारि भएकाे समेत उनले बताएका छन् । आमा विरामी हुनु पुर्व उनी आफ्नाे निर्वाचन क्षेत्र संगै पुरै जिल्ला भरका स्थानिय तहमा पुगी विकाशका विषयमा छलफलमा जुटेका थिए । छलफल अभियानमा जुटि रहेकाे समयमा आमा विरामी भएसंगै उनी आमाकाे उपचारमा खटेका थिए ।











