बैतडी/ बैतडीमा एक किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार पाटन नगरपालिका– ३ गुजौडका २१ वर्षीय राजेश लुहारलाई वर्ष १७ कि एक किशोरीलाई जबर्जस्ती करणी गरेकाे आराेपमा शुक्रवार प्रहरीले पक्राउ गरेको हाे ।
किशोरीलाई लुहारले मंसिर १० गते राति जबरजस्ती करणी गरेको उजुरीको आधारमा इलाका प्रहरी कार्यालय पाटनले उनलाई पक्राउ गरेको हो। घटनाको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।











