कैलाली / कैलालीमा भूमिहीन सुकुम्वासीहरूले जिल्लाकाे टीकापुर नगरपालिका केन्द्र र वडा नम्बर-१ को कार्यालयमा तालाबन्दी गरेका छन्।
सुकुम्वासीहरूलाई जग्गा उपलब्ध गराउनका लागि गठित भूमि आयोगले प्रदान गर्ने निस्सा वितरणमा ढिलाइ गरिएको भन्दै नगरपालिका केन्द्र र वडा नम्बर-१ को कार्यालयमा आज सनिवार तालाबन्दी गरेकाे हाे ।
नगरपालिकाकाे वडा नम्बर ६ मा सुकुम्वासीहरूका लागि निस्सा वितरणको कार्य सुरु गरेको तर अन्य वडाहरूमा सुरु नभएको भन्दै आक्रोशित भूमिहीन सुकुम्वासीहरूले पालिका केन्द्र र वडा कार्यालयमा तालाबन्दी गरेको आन्दोलनकारीले जनाएको छ ।
इलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख चिरञ्जीवी रानाले माग उठाउनु उचित भए पनि सेवा प्रवाह नै रोक्नु कानुन विपरीत भएको बताउँदै ताला खोल्ने प्रयास भइरहेको बताएका छन् ।
तालाबन्दी नगरपालिकाका कर्मचारीलाई बाहिर निकाल्दै ११ बजेकाे सायमा लगाएकाे स्राेतले जनाएको छ ।











