मनमाेहन ठकुल्ला,
डाेटी / डाेटीकाे दिपायल सिलगढी नगरपालिका – ८ लडागडा अबस्थित सुनादेवी मन्दिरकाे जात्रा सम्पन्न भएकाे छ ।
कार्तिक ११ गते पुर्णिमाकाे दिनदेखि १५ गते चतुर्थी अर्थात् ५ दिनसम्म हुने जाँत्रा शुक्रबार गाेधुलीमा देवताद्वारा गाज नाच्दै सम्पन्न भएकाे मन्दिर व्यवस्थापन समितिले जानकारी दिएकाे छ ।
उक्त जात्रा कार्तिक शुक्ल बैकुन्ठ चतुर्दशीकाे दिन लडागडा भडारमा पाठपुजा गरि रात्रीकाे समयमा देउराेसहित सुनादेवी मन्दिरमा जाने प्रचलन रहदै आएकाे छ । सुनादेवीमा हवन, सत्यनारायणकाे पुजा गरि सुरू हुने उक्त जात्रामा स्थानीय लगायत बाहिर टाढाटाढा बाट आउने श्रदालु भक्तजनको ठूलाे भिड लाग्ने गर्दछ ।
सुनादेवीकाे जात्रामा परापूर्वकालमा बसाइँसराइ गरेर अन्त बसाेबास गर्दै आएका स्थानीय पर्वकाे समयमा भित्र्याउने गरेकाे स्थानीयकाे भनाइ छ । पाँच दिन जात्रा अबधिर भाकल गरेका सामाग्री मन्दिरमा चढाइन्छ ।
सुनादेवी जात्राका केही आकर्षक तस्बिर अर्थात् फाेटाे फिचर












