डाेटी/ डाेटीकाे दिपायल सिलगढी नगरपालिका–५ का समीर भट्ट मृत्यु प्रकरणमा ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भट्टको हत्या आशङ्कामा बिहीबार तीन जनालाई प्रहरीले नियन्त्रणमा लिई म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ । नियन्त्रणमा लिएका ३ जनाकाे नाम भने खुलाएकाे छैन् ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख, प्रहरी उपरीक्षक विष्णुहरि कोइरालाका अनुसार ३० वर्षिय समीर साेहि नगरपालिकाकाे वडा नम्बर ५ पुन्ना स्थित सडक नालिमा मंसिर १२ गते (मंगलबार ) बिहान ७ बजेकाे समयमा मृत भेटिएका थिए । समीरका आफ्न्तले यता शव भने अहिलेसम्म बुझेका छैनन् ।
हत्यारालाई कानुनी दायरामा नल्याएसम्म शव नबुझ्ने मृतकका काका उमाकान्त भट्टले बताएका छन् । पोस्टमार्टम गरिएको भट्टको शव ४ दिनदेखि जिल्ला अस्पताल डोटीको शव गृहमा राखिएको प्रहरीले जानकारी दिएकाे छ ।











