युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

सिलगढी/ डोटी जिल्लाकाे पूर्विचौकी गाउँपालिकाका ६ वडाका बासिन्दालाई डिजिटल कृषि तथा पशु परामर्श सेवा केन्द्र सम्बन्धी जानकारी गराइएको छ ।

जिओ कृषि र पूर्विचौकी गाउँपालिकाे साझेदारीमा गाउँपालिकाका कृषि सहकारी संस्थाका सेयर सदस्य, कृषक समूहका सदस्य, आमा समूहका सदस्य,  कृर्षी तथा पशुपक्षी फर्म र अगुवा कृषकहरूलाई डिजिटल कृषि तथा पशु परामर्श सेवा सम्बन्धी जानकारी गराइएको हाे ।

जिओ कृषीका राजेश काेलीका अनुसार पालिका भित्र विभिन्न समयमा वडा नम्बर १ खिरसैनका १ सय ६५ र वडा नम्बर ३ गैरागाउँका ४९, वडा नम्बर ४ सानागाउँका २ सय २३ , वडा नम्बर ५ काँडामाण्डाैँका २ सय ६२, वडा नम्बर ६ गाजरीका दुई सय ५४ र वडा नम्बर ७ पोखरीका ९८ जना गरी जम्मा १ हजार ५१ जनालाई उक्त विषयमा जानकारी गराइएको छ । कृषि बाली तथा पशुपालनमा देखिने समस्याको कम लागतमा सजिलै समाधान गर्न सक्ने भएकाले प्राविधिक ज्ञान दिइन थालिएको काेलिले बताएका छन् ।

मौसम सम्बन्धी सही सूचना कसरी प्राप्त गर्ने, किसाने उत्पादन गरेका उपजलाइ कसरी बजारीकरण गर्ने र कृषि उपजको उत्पादन कसरी बढाउने लगायतको कृषि सम्बन्धी सम्पूर्ण जाँनकारी दिँदा स्थानीयले खुसी व्यक्त गरेका छन् ।

स्थानीय तहमा रहेको कृषि परामर्श सेवा केन्द्र मार्फत कृषकहरूलाई सही समयमा कृषि सम्बन्धी आवश्यक जानकारी दिने उद्देश्यले पूर्विचौकी गाउँपालिकामा यस्ता कार्यक्रम भइरहेकाे गाउँपालिकाले जानकारी दिएकाे छ ।

वर्तमान समयमा मोबाइलबाट जिओ कृषि एप प्रयाेगमा ल्याउन सकिने व्यवस्था रहेकाे छ । जुन एप्लिकेशनमा किसानले नाम दर्ता गरेर समस्याको बारेमा लेखेर, फोटो खिचेर पठाउनुपर्ने हुन्छ । त्यसपछि जिओ कृषि एप्लिकेशनबाट बजार मूल्य, ५ दिन सम्मको मौसमको जानकारी, बालीनालीमा देखिने समस्याको परामर्श लगायतका विषयमा जानकारी लिन सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय