कैलाली / कैलालीमा दुई वटा मोटरसाइकल एक आपसमा ठोकिदा एक जनाकाे मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
मृत्यु हुनेमा बर्दगोरिया गाउँपालिका वडा नम्बर-२ का २५ वर्षीय सुमन थारु रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका थारूकाे नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा राति मृत्यु भएको हाे ।
त्यस्तै घाइते हुनेका बर्दगोरिया-२ कुम्भियाका ४९ वर्षीय लवकुश चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइ रहेको कैलाली प्रहरीले जनाएको छ । उनको स्वास्थ्य अवस्था सामान्य अस्पतालले जनाएको छ ।
बुधवार बेलुका बर्दगोरिया गाउँपालिकाको वडा नम्बर-२ बौनिया गाउँ नजिक महेन्द्रराजमार्गमा सुमन थारुले चलाएको से ७ प ५३४७ र लवकुश चौधरिले चलाएको सुदूरपशिचम प्रदेश ०१००१० प १९०२ नम्बरको मोटरसाइकल एक आपसमा ठोकिएर दुर्घटना भएकाे प्रहरीले जनाएको छ ।











