युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

डोटी  / मध्ये पहाडी लोक मार्ग संकल्पको यात्रा नामको अभियानका क्रममा नेकपा एमालेका अध्यक्ष तथा पुर्वप्रधानमन्त्री डोटीमा आउने भएपछि नेकपा एमाले डोटी तयारीमा जुटेको छ ।

उक्त पार्टीका केन्द्रीय अध्यक्ष केपीशर्मा ओलीले आज बैतडीको झुलाघाटमा एक कार्यक्रमका विच नेपालको राष्ट्रिय झण्डा उत्तोलन गर्दै संकल्पयात्राको उद्घाटन गरेका हुन् । नेपालमा कम्युनिष्टहरुको स्थापना भएको ७५ बर्ष पुगेको वर्षगाठको अबशर पारी सुरु भएको अभियानले मध्येपहाडी लोकमार्गको यात्रा गर्ने नेकपा एमाले जनाएको छ । सोहि क्रममा ओलीले भोली शुक्रबार डोटीको कार्यक्रममा सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

डोटीको सिलगढीमा रहेको स्थानिय टुडिखेलमा आयोजनाहुने सभालाई पार्टी अध्यक्ष ओली सम्वोधन गर्ने भएपछि यतिबेला डोटी एमाले तयारीमा जुटेको हो । तयारीका क्रममा कार्यक्रम सहभागी हुने तथा संकल्पयात्रामा रहने नेता कार्यकर्ताहरुका लागी खाना र बासको व्यवस्था मिलाउनुको साथै स्थानिय टुडिखेललाई सिगार्ने कार्य भई रहेको डोटी एमालेले जनाएको छ । त्यस्तै डोटीको मुख्य सड्क राजमार्गमा पार्टीको झण्डाव्यानर टास्ने कार्यलाई डोटी एमालेले तिव्रता दिएको छ ।

भोली हुने कार्यक्रम अध्यक्ष ओली सहित उक्त पार्टीका केन्द्रीस्तरका नेताहरुले सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

बैतडीको झुलाघाटबाट सुरु भएको संकल्पयात्रालाई सम्वोधन गर्दै पार्टी अध्यक्ष केपी शर्मा ओलीले यो अभियानले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन मद्दत गर्ने बताएका छन् ।

जनताले मात्रै देशलाई अघि बढाउने भएकोले आफूहरू जनतामा फरक ढंगले गइरहेको बताउँदै उनले समृद्ध नेपाल सुखी नेपालीका लागि यो यात्राले योगदान गर्ने उनले बताए ।

झुलाघाटबाट सुरु भएको अभियान पुस २ गते पाँचथर जिल्लाको चिवाभञ्ज्याङमा पुगेर सम्पन्न हुने उक्तपाटीले जनाएको छ । अभियान सम्पन्न भएपछि पुस ५ गते काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेर अनुभव र निष्कर्ष सार्वजनिक गरिने बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय