कैलाली / सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स दुर्घटना भएको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिहीवार बिहान ४ बजे सदूरपश्चिम प्रदेश ०१००१० प २५७२ नम्बरको मोटरसाइकल र बा १ झ ८७९९ नम्बरको सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स एक आपसमा ठोकिदा माेटरसाइकल चालक घाइते भएका छन् ।
घाइते हुनेमा मोहन्याल गाउँपालिका वडा नम्बर-१ बसन्तगडाका २५ वर्षीय गणेश घर्तिमगर रहेकाे ट्रफिक प्रहरी अत्तरियाले जनाएको छ। घाईते मगरको बर्दगोरिया अस्पतालमा उपचार भइरहेको छ ।
अस्पतालको एम्बुलेन्स बिरामी बोकेर नेपालगन्ज जाँदै गर्दा बर्दगोरिया गाउँपालिका वडा नम्बर-२ बौनिया गाउँ नजिक महेन्द्रराजमार्गमा दुर्घटना भएकाे हाे । एम्बुलेन्स र एम्बुलेन्स चालक गोविन्द प्रसाद दाहाललाई बौनिया प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ ।











