कैलाली / कैलालीकाे धनगढी उपमहानगरपालिका–११ मा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ।
जिल्लाकाे बेलास्थित सडकमा से २ प २६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा धनगढी उपमहानगरपालिका–५ का
३८ वर्षीय खेम चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
माेटरसाइकल सोमवार राति अनियन्त्रित भइ दुर्घटना हुँदा चालक चाैधरीकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते उनलाई उपचारका लागि निसर्ग अस्पताल धनगढी पुर्याएकाे थियो। अस्पतालमा पुर्याएकाे केहीबेरमै चाैधरीकाे मृत्यु भएको हो।











