दार्चुला / दार्चुला जिल्लाकाे महाकाली नगरपालिका–९ मा अरिंगालको टोकाइबाट एक वृद्धको मृत्यु भएको छ।
मंगलवार बिहान अरिङ्गालले टोक्दा साेहि ठाउँ थाप्ला काटैका ९२ वर्षीय कल्याणसिंह सामन्तको मृत्यु भएको ५ नम्बर वडा कार्यालयले जनाएको छ ।
घर माथि रहेको सल्लाको रुखबाट झोरो निकाल्ने क्रममा अरिङ्गालले टोकेपछि सामन्त घाइते घाइते भएका थिए। घाइते अवस्थामा जिल्ला अस्पताल पुर्याइएका सामन्तको उपचारका क्रममै दिउँसो चार बजेतिर मृत्यु भएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ।











