कैलाली / कैलालीकाे गौरीगंगा नगरपालिका–८ मसुरीयामा बस र स्कुटर ठाेक्किदा ३ जना घाइते भएका छन् ।
घाइते हुनेमा गौरीगंगा नगरपालिका–९ का स्कुटर चालक १५ वर्षीय सागर विक, साेही नगरपालिका–५ का १९ वर्षीय रमेश विक र सोहि ठाउँका १९ वर्षीय महेश विक रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । स्कुटर चालक सागर विकको अवस्था गम्भीर छ भने दुई जनाको अवस्था सामान्य रहेकाे जनाएको छ । घाइते तीनै जनाको धनगढीको केजी हस्पीटलमा उपचार भइरहेको प्रहरी स्राेतकाे भनाइ छ ।
दुर्घटना पश्चिमबाट पुर्वतर्फ गइरहेको सुदुरपश्चिम प्रदेश ०१–००१ ख ३०८९ नम्बरको बसलाई सोहि दिशातर्फ गइरहेको से ५ ब १९१७ नम्बरको स्कुटरले पछाडीबाट ठक्कर दिएर भएकाे हाे।
बस चालक यादवप्रसाद शाही र बसलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।











