बैतडी / बैतडीकाे दशरथचन्द नगरपालिका–२ मा चितुवाको आक्रमणबाट एक जना घाइते भएका छन्।
आज (साेमबार ) घाइते हुनेमा जिल्लाकाे देहीमाण्डौं ज्वाँकट्टेका ४५ वर्षीय मानसिंह धामी रहेकाे पारिवारिक स्राेतले जनाएको छ । चितुवाको आक्रमणबाट घाइते भएका धामीको दाँया हातमा चोट लागेकाले उनकाे जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको स्थानीय कृष्णबहादुर बोहराले बताएका छन्।
उनी बिहान घर नजिकैको खरफागलामा बाख्रा चराइरहेका बेला चितुवाले आक्रमण गरेको हाे ।











