कैलाली / कैलालीको धनगढी उपमहानगरपालिका-८ काे एक घरमा आगलागी भएकाे छ ।
हिजो साँझ (शनिबार ) जिल्लाकाे धनगढीगाउँ भरतचोकका रामलाल रानाको घरमा अगरबत्तीबाट आगलागी भएको कैलाली प्रहरीले जनाएको छ ।
उक्त आगलागीबाट २० हजार बराबरको क्षती भएको छ । आगलागीलाई प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिएको प्रहरी स्राेतकाे भनाइ छ ।











