बझाङ / बझाङ जिल्लाकाे छविसपाथिभेरा गाउँपालिका–७ मा जिप दुर्घटना हुँदा चालक सहित दुई जना घाइते भएका छन् ।
आज ( आइतबार ) सुदुरपश्चिम प्रदेश ०१००१ ज १२६६ नम्बरको जिप दुर्घटनामा परी उनिहरू घाइते भएकाे बझाङ प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बझाङका अनुसार उनीहरूकाे स्वास्थ्य अबस्था सामान्य रहेकाे बुझिएकाे छ । घाइते दुबै जनाको जिल्ला अस्पताल बझाङमा उपचार भइरहेको प्रहरी स्राेतले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।











