कैलाली/ कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका –८ मा एक गोठमा आगलागी भएको छ ।
आज (सनिवार ) दिउँसो साेहीँ ठाउँ बचैलाका लछीराम विष्टको गोठमा आगलागी भएको कैलाली प्रहरीले जनाएको छ ।
गोठसँगै नजिकै रहेकाे परालमा आगलागी भएका छ । उक्त आगलागीबाट करिब ६ लाख बराबरको क्षती भएको प्रहरी स्राेतले जनाएको छ । आगलागीबाट मानवीय तथा पशुचौपायामा भने केहि क्षेती भएकाे छैन् ।











