बझाङ / बझाङकाे बुंगल नगरपालिका वडा नम्बर १० मा घास काट्ने क्रममा लडेर गम्भीर घाईते भएकी महिलाकाे मृत्यु भएकाे छ ।
साेही ठाउँ दौंडकी २२ वर्षीया सिता बाग आज (शनिबार) घर नजिक रहेकाे बर्म खोली भन्ने जंगलमा घास काट्ने क्रममा दिउँसो १ बजे भिरबाट लडेकि थिइन । उनकाे उपचारकाे लागि बाहिर लैजाँदै गर्दा बीचबाटाेमा मृत्यु भएकाे बझाङ प्रहरीले जनाएको छ ।
उनी लडेर टाउँकोमा चोट लागेपछि बेहोस् अवस्थामा रहेकी छिन् ।











