बझाङ / बझाङकाे बुंगल नगरपालिका वडा नम्बर १० मा घास काट्ने क्रममा एक महिला लडेर घाईते भएकी छन् ।
साेही ठाउँ दौंडकी २२ वर्षीया सिता बाग आज (शनिबार) घर नजिक रहेकाे बर्म खोली भन्ने जंगलमा घास काट्ने क्रममा दिउँसो १ बजे भिरबाट लडेर घाईते भएकी बझाङ प्रहरीले जनाएको छ ।
उनी लडेर टाउँकोमा चोट लागेपछि बेहोस् अवस्थामा रहेकी छिन् । उनलाई थप उपचारको लागि डडेल्धुरा तर्फ पठाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।











