सिलगढी / डोटीको सायल गाउँपालिकामा लक्षित वर्गका लागि उपेक्षित सामुदायिक सशक्तीकरण तथा विकास मञ्च (युएसएसबिएम) डोटीले ३ महिने सिलाइ कटाइ तालिमको आयोजना गरिएको छ ।
लुथरन विश्व फेडेरेसन नेपालको सहयोग तथा सायल गाउँपालिका र घरेलु तथा साना उद्योग कार्यालय डोटीको सहकार्यमा सायल गाउँपालिका-४ मा कार्तिक ८ गते (शुक्रवार) बाट सुरु गरिएकाे हाे । उक्त सिपमूलक आधारभूत सिलाइ कटाइ तालिममा १५ जना महिला तथा पुरुषको सहभागिता रहेको गाउँपालिकाले जानकारी दिएकाे छ ।
निःशुल्क सञ्चालन तालिमबाट लक्ष्यित वर्गका महिला र पुरूष लाभान्वित हुने भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा सायल गाउँपालिकाका अध्यक्ष धर्म राज जोशीले
सिलाइ कटाइलाई गाउँपालिकाले आयआर्जनको महत्त्वपूर्ण स्रोतको रूपमा लिएको सायल गाउँपालिका अध्यक्ष धर्मराज जाेशीले बताएको छ । अध्यक्ष जाेशीले भनेका छन् ‘लक्षित वर्गका महिला तथा पुरुषले सीप सिकेर व्यवसायी बनी राम्रो आयआर्जन गरून् भन्ने उद्देश्यले नि:शुल्क तालिम दिएकाे बताएका छन् ।
सिलाइ कटाइ तालिमबाट सीप सिकेर दक्ष हुन सके राेजगारीकाे लागि भातारीनु नपर्ने युएसएसबिएम डाेटीका अध्यक्ष टीका सि नेपालीले बताएका छन् ।











