बझाङ / बझाङकाे छबिसपाथिभेरा गाँउपालिका–५ खतेडामा जन्ती बोकेको जिप दुर्घटना हुँदा २ जना घाइते भएका छन् ।
शुक्रबार दुर्घटनामा परी घाइते हुनेमा सुर्मा गाँउपालिका–५ का ३० वर्षीय खगेन्द्र जेठारा र १७ वर्षीय समु बोहरा रहेकाे बझाङ प्रहरीले जनाएको छ । घाइतेमध्ये जेठाराको टाउकोमा र बोहराको हातखुट्टामा चोट लागेको छ। उनीहरूको जिल्ला अस्पताल सिमखेतमा उपचार भइरहेको छ ।
छबिसपाथिभेरा गाँउपालिकाबाट जन्ती लिई सुर्मा गाँउपालिका फर्किँदै गरेको १६ जना सवार सु.प.प्र. ०४००१ ज ००१९ नम्बरको जिप अनियन्त्रित भएर दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।











