कैलाली / कैलालीकाे बर्दगोरिया गाउँपालिका–३ मा एक गाेठमा आगलागी भएकाे छ ।
साेहि ठाउँ रानीकुण्डाका रघु देवकोटाको टिनले छाएको दुई तले दुई कोठे गोठमा आगलागी भएको प्रदेश आपतकालीन केन्द्रले जनाएको छ ।
उक्त आगलागीबाट करिब ४० हजार बराबरको क्षती भएको जनाएको छ भने मानवीय तथा चौपायको क्षती नभएको प्रदेश आपतकालीन कार्य सञ्चालन केन्द्र धनगढीले जनाएको छ ।











