बैतडी : बैतडीकाे सुर्नया गाउँपालिका २ स्यागैरमा आज (शुक्रबार) बिहान जन्ती बाेकेकाे जिप दुर्घटना हुँदा तीन जना सामान्य घाइते भएका छन् ।
घाइते हुनेमा दशरथचन्द नगरपालिका १ का १५ बर्षीया डम्मरी भट्ट, १५ बर्षीया पूजा भट्ट र १२ बर्षीय सुशील भट्ट रहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । घाइतेको अबस्था भने सामान्य रहेकाे छ ।
अनियन्त्रित भएर सडक छेउमै पल्टिएको हो ।
से १ ज ६८७ नम्बरको जिप दशरथचन्द नगरपालिका १ श्रीखण्डबाट जन्ती बोकेर पाताल भुवनेश्वरतर्फ जाँदै गर्दा अनियन्त्रित भएर दुर्घटना भएकाे प्रहरी स्राेतले जनाएको छ ।
जिप चालक पदमसिँह भाटलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएकाे बतडी प्रहरी स्राेतले जनाएको छ ।











