युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला
सिलगढी, डाेटीमा केही वर्षयता चाेरीका घटनाहरूमा वृद्धि हुँदै गएकाे छ। पछिल्ला चार वर्षहरूको तुलनमामा डाेटीमा चोरीका घटनाहरू दाेब्बरले वृद्धि हुन थालेका छन् ।

जिल्ला प्रहरी कार्यालय डाेटीका अनुसार आर्थिक वर्ष २०७६/०७७ मा चाेरी १ मुद्दा दर्ता हुँदा ८ जना पुरूषलाई पक्राउ गरिएकाे छ । त्यस्तै आर्थिक वर्ष २०७७/०७८ मा पनि १ मुद्दा दर्ता भएकाे छ भने २ पुरूषलाई पक्राउ गरिएकाे छ ।

आर्थिक वर्ष २०७८/०७९ मा चार वटा मुद्दा दर्ता भएका छन् भने ३ जना पुरूषलाई पक्राउ गरिएकाे छ । त्यस्तै गत आर्थिक वर्ष २०७९/०८० मा जिल्लामा चाेरीका ५ वटा मुद्दा दर्ता भएका छन् भने सात जना पुरूषलाई पक्राउ गरिएकाे छ ।

यसरी पछिल्लो चार वर्षका घटनाहरूलाई तुलनात्मक रूपमा नियाल्दा जिल्लामा चाेरीका घटना उकालो लागेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले दिएकाे सुचनामा उल्लेख छ । चार वर्षमा जम्मा ११ मुद्दा दर्ता भएका छन् भने चाेरीका मुद्दामा २० जना पुरूषलाई पक्राउ गरिएकाे छ ।

त्यस्तै चालू आर्थिक वर्ष २०८०/८१ मा चाेरीका २ मुद्दा दर्ता भएका छन् भने दुईजना पुरूषलाई पक्राउ गरिएकाे प्राप्त सुचनामा उल्लेख गरिएकाे छ । सम्पूर्ण घटनाको विवरण अनुसार जिल्लामा चाेरीका घटनामा महिलाकाे संख्या शुन्य देखिन्छ भने पुरूषकाे सँख्या व्यापक रहेकाे सुचनामा देखिन्छ ।

जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी निरीक्षक सिताराम बिष्टका अनुसार प्रायः मान्छेहरू भाैतिक सम्पतिका कारण काम गर्न छाेडि अपराधीक क्रियाकलापमा संलग्न हुने गरेकाे पाएकाे बताएकाे छ । उहाँले भन्नू भयाे ‘जिल्लामा चाेरी कुन समयमा र कहाँ हुन्छ त्याे छुट्याउन सकिदैन तर जहाँ चाेरीका घटनाहरू बढ्दै गए त्याे क्षेत्रमा सुरक्षा व्यवस्थापनमा कडाइ गर्ने निरीक्षक बिष्टले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय