कञ्चनपुर/ कञ्चनपुरमा कुर्सीबाट लडेर एक शिक्षकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाकाे बेलडाँडी गाउँपालिका–५ मा रहेको गणेश माध्यमिक विद्यालयमा कार्यरत शिक्षक शंकर चिमाडी रहेकाे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उनी विद्यालयमा पढाउने बेला कुर्सीबाट लडेर गम्भीर घाइते भएका थिए। ४ दिनदेखि अचेत अवस्थामा रहेका उनकाे आज (विहिबार) नवजिवन अस्पताल धनगढीमा उपचारकाे क्रममा विहान ६ बजेतिर मृत्यु भएकाे प्रहरीले जनाएको छ ।
उनकाे ४ गते स्कुलमा कुर्सीमा बसेका बेला लडेर टाउकोमा चोट लागेको थियो । मृतक शिक्षक चिमाडीका दुई छोरी र एक छोरा छन्।











