दार्चुला/ दार्चुला जिल्लाकाे खलंगा–दल्लेख सडकखण्डमा आज(बिहीबार) जिप दुर्घटना हुँदा ६ जना सामान्य घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार घाइते हुनेमा महाकाली नगरपालिका-५ मोती बस्ने रमिता भट्ट, महाकाली नगरपालिका-३ का ७२ वर्षीया बीरादेवी भट्ट, महाकाली नगरपालिका-२ बुडीचौरका ६८ वर्षीया मानमती बडू, ७० वर्षीया उजलीदेवी फराल, झस्कुका ४८ वर्षीय देवदत्त भट्ट र महाकाली नगरपालिका-४ की ३५ वर्षीया यशोदा अवस्थी रहेकाे जनाएको छ । घाइते सबैको अवस्था समान्य रहेको प्रहरी स्राेतले जनाएको छ ।
सदरमुकाम खलंगाबाट काँटैतर्फ गइरहेको ना १ ज ३१०४ नम्बरको जिप महाकाली नगरपालिका–३ काटैस्थित खोलामा सडकमै जिप पल्टिएर दुर्घटना भएकाे छ ।











