कञ्चनपुर / कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर-४ समैजी सामुदायिक वनभित्र रहेको सिस्ने खोलाकाे पानीमा एक पुरूषकाे शव फेला परेकाे छ ।
बुधवार साँझ करिव साढे ४ बजेको समयमा अन्दाजी ६०/६५ वर्षीय पुरूषकाे शव डुबेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
उक्त पुरूषकाे शव अज्ञात रहेकाले घटनाबारे थप अनुसन्धान अगाडि बढाइरहेको प्रहरीले जनाएको छ ।











