कैलाली / कैलालीकाे धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मा सडेको अबस्थामा एक महिलाको शव फेला परेकाे छ । साेही ठाउँ मट्यारीमा अन्दाजी ३२/३३ वर्षीया महिलाको शव फेला परेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
साेहि वडाका वडाध्यक्ष भागीराम चौधरीका अनुसार विद्यार्थीहरु शौचका लागी झाडीमा जाने क्रममा शव देखेकाे जनाएको छ ।
महिलाको शरीरको तल्लो भागमा किरा परेकाे छ ।
घटनाबारे प्रहरीलाई भरखर सुचना भएकाेले थप विवरण आउन बाँकी रहेकाे कैलाली प्रहरी स्राेतले जनाएको छ ।











