मनमाेहन ठकुल्ला
सिलगढी,
डाेटीमा १७ वर्षीय एक किशोरीलाई जबरजस्ती करणी गरेकाे आराेपमा प्रहरीले ३ जनालाई पक्राउ गरिएकाे छ ।
पक्राउ पर्नेमा जिल्लाकाे बडीकेदार गाउँपालिका वडा न २ का १८ वर्षीय गाेपाल साउद, १९ वर्षीय करन साउद र २६ वर्षीय प्रेम धामी रहेकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
उनीहरूले मंसिर १ गते साँझ साढे ६ बजेकाे समयमा किशोरीलाई सामुहिक जबर्जस्ती करणी गरेकाे आराेप छ । घटना १ गतेकाे भएपनि प्रहरीलाई २ गते सुचना प्राप्त भएपछि आराेपित तीनैजनालाई साेहि दिन नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय डाेटीका प्रहरी निरीक्षक सिताराम बिष्टले जानकारी दिएकाे छ ।
पिडित किशोरीकाे नाम, थर वतन गाेप्य राखेर सम्मानित अदालतबाट माद थप गरि घटनाबारे थपअनुसन्धान भैरहेको निरीक्षक बिष्टले जानकारी दिएकाे छ ।











