युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला
सिलगढी,
सामाजिक विकास कार्यालय डोटीले जिल्ला भित्रका आयाेगकाे तयारी गर्ने र गरिरहेका ६० जना महिलाहरूलाई सहयाेग गर्ने भएकाे छ ।

मंगलबार एक सुचना जारी गर्दै लोक सेवा तथा शिक्षक सेवा आयाेगका तयारी कक्षा लिन इच्छुक महिलालाई सहयाेग गर्ने जानकारी दिएकाे छ । जिल्ला स्थायी ठेगाना भई लोकसेवा (खरिदार, नासु वा सो सरह)/ शिक्षक सेवा (आधारभूत तह प्रथम पत्र) तयारी कक्षा लिइ रहेका वा लिन चाहने लक्ष्यित समुहका महिलाहरुलाई प्राथमिकतामा राख्ने गरि ६० काेटा आवेदन माग गरेकाे निमित्त प्रमुख जयदेव महराले जानकारी दिएकाे छ ।

महिला सशक्तीकरणमा सहयाेग कार्यक्रम मार्फत विधि र प्रक्रिया अनुसार छनौट गरी प्रतियोगितात्मक परीक्षाको लागि आवेदन आवेदन खुल्ला गरिएकाे छ । आवेदन यहीँ मङ्सिर मसान्त भित्र कार्यालयको इमेल [email protected] मा आइपुग्ने गरि पेश गर्न सरोकारवाला व्यक्तिहरूलाई जानकारी गराइएकाे छ । आवेदन पेस गर्नकाे लागि विवरण स्पष्टसँग भरि सम्बन्धित वडा कार्यालयबाट अनिवार्य रुपमा प्रमाणित गरि मंसिर मसान्त भित्र फाराम पेश गर्न कार्यालयले आह्वान गरिसकेकाे छ ।

उहाँले भन्नु भयाे ‘ कार्यालयसँग ५ लाख बजेट छ, यदि ६० जना भन्दा बढि उमेदवारले आवेदन दर्ता गरेमा पनि महिला सशक्तीकरणमा याेगदान दिन ३० दिने कार्यक्रममा सबैलाई समावेश गराउने निमित्त प्रमुख महाराले जानकारी दिएकाे छ ।

प्राप्त विनियोजित बजेटलाई सहभागीको संख्याको आधारमा बाडफाड गरिने भएकाे छ । छनौट भएका सेवाग्राहीले कोचिंङ कक्षा पढाउने संस्था (सेवा प्रदायक) स्वयं छान्नु पर्नेछ भने कोचिङ कक्षा पढाउने संस्थाको खातामा आवश्यक कागजात प्राप्त भएपछी रकम भुक्तानी गरिने महराले बताए । भुक्तानी प्रक्रिया यहीँ फागुन मसान्तसम्म सम्पन्न गरिसक्नु पर्ने भएकोले ढिलो गरि कागजात प्राप्त भएमा भुक्तानी गरिने छैन भनेर जारी सुचनामा उल्लेख गरिएकाे छ ।

कार्यालयले जारी गरेकाे सुचना अनुसार तयारि कक्षा आफ्नो सुविधा अनुसार नेपालको जुनसुकै स्थान बाट भौतिक तथा अनलाइन दुवै विधिकाे माध्यमबाट लिन सकिने भएकाे छ । कक्षा संचालन गर्ने संस्था प्रचलित नियमानुसार स्थापित तथा आधिकारिक निकायमा दर्ता भएको हुनुपर्ने भएकाे छ । उम्मेदवार छनौट गर्दा विपन्न, दलित, जनजाति, अपाङ्गता भएका व्यक्तिलाई प्राथमिकतामा राख्ने भएकाे छ ।

अवसर नपाएका महिलालाई प्राथमिकतामा राखेर गत वर्ष अनुदान प्राप्त गरेका व्यक्तिहरूलाई यस वर्षकाे कार्यक्रममा भने बञ्चित गराएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय