कञ्चनपुर / कञ्चनपुरकाे शुक्लाफाँटा नगरपालिका-७ मा एक महिलामाथि चक्कु प्रहार गरिएको छ ।
साेही ठाउँ शान्तिपुर घर नजिकै ४८ वर्षीया जानकी देवी भण्डारीमाथि चक्कु प्रहार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।
बाटोमा हिँडिरहेको बेला उनको पिठ्युँमा चक्कु प्रहार भएको अनुसन्धानबाट खुल्न आएकाे छ ।
घाइते भण्डारीको धनगढीस्थित माया मेट्रो स्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
भण्डारीमाथि चक्कु प्रहार गर्नेमा साेही ठाउँका ५५ वर्षीय मंगल बोहरा खुल्न आएकाे छ । चक्कु प्रहार गरी फरार भएका बाेहराकाे खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।











