कैलाली / कैलालीकाे लम्कीचुहा नगरपालिका–४ कौवापुरमा एक युवकमाथि खुकुरी प्रहार भएको छ ।
साेही ठाउँ पिपलचौतारा नजिकै बस्ने २१ वर्षीय निसान थापामगरमाथि खुकुरी प्रहार भएको जिल्ला प्रहरी कार्यालय कैलालीेले जनाएकाे छ ।
थापामगरमाथि खुकुरी प्रहार गर्ने लम्कीकै २२ वर्षीय अमित मयालको ग्याङ रहेको प्रहरीले जनाएकाे छ । उनिहरूले थापालाई पछाडिबाट खुकुरी प्रहार गरेका हुन् । थापाकाे बाँया हातको औला काटिएको र दाँया काँधमा सामान्य चोट लागेकाे छ । उनकाे स्थानीय अस्पतालमा उपचार भइरहेको छ।
प्रहरीका अनुसार खुकुरी प्रहार गर्ने समूह फरार रहेकाले उनीहरुको खोजी भइरहेको जनाएको छ ।











