युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

मनमाेहन ठकुल्ला
सिलगढी/ हिन्दुधर्मालम्वीहरुकाे प्रमुख पर्व वडा दशै र दिपावली सम्पन्न भएसंगै सुदुरपश्चिमका पहाडी क्षेत्रका विभिन्न स्थानहरुमा देवी देवताकाे विशेष पुजन र जातकाे समय सुरु भएकाे छ ।
सुदुरका गाँउबस्तीहरुमा आआफ्ना कुलकुलायन देवि देवता, ईष्टदेविदेवताहरुकाे विशेषपुजा अर्चना गरि देवि देवताकाे प्रतिकस्वरुप जात अर्थात गाज बनाई आआफ्नाे संस्कार अनुसार पुजन गर्ने परम्परा रहेकाे छ । साेहि क्रममा सुदुरपश्चिमकाे प्रशिध्द शैलेश्वरी मन्दिरमा हरेक बर्ष झै यस वर्ष कार्तिक शुक्ल पुर्णिमा अर्थात मंसिर ११ गते शैलेश्वरी जात हुने भएकाे शैलेश्वरी क्षेत्र विकास समितिले जनाएकाे छ । शैलेश्वरी मन्दिरमा हुने जात हेर्न छिमेकी मुलुक भारत देखि भक्तजन आउने गरेकाे र जात्रामा हजाराैकाे संख्यामा भक्तजनकाे उपस्थिति रहने गरेकाे दिपायल सिलगढी नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष नरेश मलासीले बताए ।

त्यसैगरी नगरपालिकाकाे दिपायल क्षेत्रमा रहेकाे दुर्गामन्दिर दुर्गाजात मंसिर १० गते सम्पन्न हुने दुर्गामन्दिर व्यवस्थापन समितिले जनाएकाे छ । त्यस्तै नगरपालिकाकाे वडा नं. ८ लडागडा स्थित सुनादेवीकाे जात मंसिर १० चतूर्थीमा डाडा उकाल्ने र साेकाे ५ दिनपछि तल ओरालिने भएकाे छ । दिपायल सिलगढी नगरपालिका ९ कलेना तेडिकाे जाँत पञ्चमी मंसिर १६ गते हुने भएकाे छ ।

त्यस्तै जिल्ला पूर्वीचाैकी गाउँपालिका ३ धामीठाटामा मष्टेश्वर देवताकी जात आज पष्ठी (कार्तिक ३) राति रतेडी र भाेलि ४ गते दिउँसेडी हुने भएकाे छ । पूर्वीचाैकी गाउँपालिका ५ सलकट्याल देवताकाे जाँत यहीँ मंसिर ५ गते नवमीका दिन हुने भएकाे छ ।

शिखर नगरपालिका लुवाखडी जाँत र आदर्श गाउँपालिका १ मा मंसिर ११ पूर्णिमाकाे दिन हुने भएकाे हुने भएका छन् । त्यस्तै नगरपालिकाकाे वडा नम्बर २ कालागाडमा बालुङ्गा देवताकाे जाँत मंसिर १२ गते हुने भएकाे छ ।

जिल्लाकाे आदर्श गाउँपालिका १ मा दुर्गादेवीकाे जाँत मंसिर ११ गते पूर्णिमाका दिन हुनेभएकाे छ । त्यस्तै गाउँपालिकाकाे वडा नम्बर ४ डेहिमाण्डाैँ देवताकाे जाँत मंसिर ११ गते पूर्णिमा काे दिन हुने भएकाे छ भने आदर्श २ माैवाकाे जाँतमा मंसिर ८ गते हुने स्थानीय दिपेन्द्र ओझाले जानकारी दिएकाे छ ।

सायल गाउँपालिका ६ मा मंसिर ७ गते अर्थात् एकादशीका दिन सिमायल देवताकाे जाँत हुने छ । त्यस्तै जिल्लाकाे वडीकेदारमा मंसिर ९ गते त्रेयाेदशीमा हुनेभएको छ ।

केआईसिह गाउँपालिका वुहारा जात मंसिर ६ गते हुने भएकाे छ भने फलेडि श्रीमष्टा जात मंसिर ८ गते द्वादशीमा हुने भएकाे छ । त्यस्तै वडा नम्बर २ माैडामा मंसिर ४ गते अष्टमीका दिन हुने भएकाे छ । त्यस्तै वडा नम्बर – २ मा माेहन्याल देवताकाे जाँत मंसिर ५ र ६ गते अर्थात् नवमी र दशमीका दिन हुने भएकाे छ । बाेगटान फूड्सिल गाउँपालिकामा धिर्काडीमा ७ गते हरिबाेधनी एकादशीका दिन हुने भएकाे छ ।

बडिकेदार मेला मंसिर ८ देखि १० गते सम्म संचालन हुने भएकाे छ भने पूर्वीचाैकी गाउँपालिका मिनी खप्तड अर्थात् बगलेक बाराहीकाे जाँत भने स्थगित भएकाे स्थानीय व्यापारी लाेक खड्काले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय