बझाङ / बझाङमा आज (आइतबार ) बिहान ७ बजे अटो दुर्घटनामा परी ४ जना घाईते भएका छन् ।
घाइते हुनेमा जयपृथ्बी नगरपालिका ११ का ४० वर्षिय कृतिकल्याण जोशी, उनका छोरी प्रेरणा जोशी , छोरा प्रशान्त जोशी ,अटाे चालक चन्द्रजंग चौहानसहित ४ जना रहेकाे बझाङ प्रहरीले जनाएकाे छ ।
साेहि नगरपालिका – ११ काे भोपुर स्थित पक्की सडक खण्डमा भोपुर बाट चैनपुर आउदै गरेको सु.प.प्र.०१००१ ह ५२३१ अटो एक्कासी अनियन्त्रीत भएर अटाे दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।
उक्त अटाे सडकको नालीमा पल्टिएको हाे । घाईतेहरुको जिल्ला अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाईएको छ । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी स्राेतले जनाएकाे छ ।











