कैलाली / कैलालीको धनगढी उपमहानगरपालिका-१ मा विद्युत सर्ट भएर आगलागी हुँदा अस्पताल सहित ८ वटा पसल जलेका छन ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार राती १ बजे भएको आगलागीबाट धनगढीको मुख्य बजारमा रहेको खाद्य संस्थानको भवनमा रहेको सारथी अस्पताल सहितका ८ पसल जलेका छन् ।
उक्त आगलागी स्थानीय दलबहादुर भण्डारीले सञ्चालन गरेको सुज सेन्टरमा विद्युत सर्ट भएर हाे ।
आगाेलाई धनगढी, गोदावरी र पुर्नवास नगरपालिकासहितका ४ वटा दमकलले नियन्त्रण लिइसकेकाे छ । क्षतिको यकिन विवरण आउन बाँकी रहेकाे कैलाली प्रहरीले जनाएकाे छ ।











