युनिकोड    राशिफल    एफएम रेडियाे    छाँपा प्रकाशन                     

कञ्चनपुर/ कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ तिल्कीको वनहरा नदीले भत्काएको झोलुङ्गे पुलका सामान चोरी हुन थालेका छन्। पुलका डेग, तारजाली, नटबोल्ट, लठ्ठालगायतका सामानको संरक्षण हुन नसक्दा चोरी हुन थालेका हुन्। पुलका सामान चोरी हुनबाट जोगाउनका लागि कुनै पनि निकायले अहिलेसम्म चासो देखाएका छैनन्।

गएको वर्षको भदौमा नदीमा आएको बाढीले तीन करोड रुपैयाँको लागतमा बनेको झोलुङ्गे पुलको दक्षिणतर्फको पिलर भत्काउँदा पुल नदीमा खसेको थियो। नदीमा खसेको पुलको आधा सामान खोलेर वडा कार्यालयमा राखिएको छ। पुलको आधा सामान नदीमै खसेको अवस्थामा रहेको छ। खसेको पुलका सामान नदीमै अलपत्र अवस्थामा रहँदा चोरी हुने क्रम बढेको स्थानीय मङ्गलप्रसाद चौधरीले बताए।

‘दिउँसै पुलका नटबोल्ट खोलेर चोरेर लैजान थालेका छन्, लठ्ठा फलामे आरीले काटेर लगेका छन्’, उनले भने, ‘सामान चोरी हुनबाट जोगाउनका लागि कुनै पनि निकायको ध्यान पुग्न सकेको छैन।’

‘पुलका सामान चोरी हुन थालेकाले जोगाउनका लागि पहल गर्नका लागि मेयरसँग सम्पर्क गरी कुरा राख्दा वडा कार्यालयलाई देखाउने गरेका छन्’, स्थानीयवासी रति रानाले भने, ‘आधा सामान चोरी भइसकेका छन्।’ वडाध्यक्ष नवलसिंह राना नदीमा खसेको पुलका सामान जोगाउनका लागि खोलेर सुरक्षित ठाउँमा राख्नुको विकल्प नरहेको बताउछन्। ‘वडा कार्यालयकै पहलमा पुलको दक्षिणी क्षेत्रतर्फको भाग मजदुर लगाएर खोलेर सुरक्षित राखेका छौँ’, उनले भने, ‘पुल खोल्ने कार्यमा संलग्न मजदुरलाई अहिलेसम्म ज्याला भुक्तानी हुनसकेको छैन, ज्यालाका लागि नगरपालिकामा लेखी पठाए पनि रकम आउन सकेको छैन।’ उनका अनुसार पुलको आधाभन्दा बढी भाग नदीमै खसेको अवस्थामा छ। पुलका सामान खोल्न तीन लाख रुपैयाँ लाग्ने रानाले बताए।

पुल निर्माण भएको एक वर्ष नपुग्दै बाढीले भत्काएपछि स्थानीयवासी नदीमा अस्थायी काठेपुल निर्माण गरी ओहोरदोहर गर्दै आएका छन्। अस्थायी काठेपुल तरेबापत स्थानीयले स्थानीय विपद् समितिलाई शुल्कसमेत बुझाउने गरेका छन्। रासस

 

प्रतिक्रिया

सम्बन्धित खवर

लोक सेवा आयोग
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय
गृह मन्त्रालय
अर्थ मन्त्रालय
परराष्ट्र मन्त्रालय
रक्षा मन्त्रालय
कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय
सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालय
कर्णाली प्रदेश
प्रदेश नं. ५
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय
कृषि तथा पशुपन्छी विकास मन्त्रालय
ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय
गण्डकी प्रदेश
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालय
सहरी विकास मन्त्रालय
श्रम, रोजगार तथा सुरक्षा मन्त्रालय
वन तथा वातावरण मन्त्रालय
युवा तथा खेलकुद मन्त्रालय
खानेपानी मन्त्रालय
सर्वोच्च अदालत
निर्वाचन आयोग
प्रदेश नं. १
सुदूर पश्चिम प्रदेश
भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय
भौतिक पूर्वाधार विकास मन्त्रालय
प्रदेश लेखा नियन्त्रक कार्यालय
आन्तरिक मामिला तथा कानून मन्त्रालय
सामाजिक विकास मन्त्रालय
प्रदेश सभा सचिवालय
आर्थिक मामिला तथा योजना मन्त्रालय
मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय
प्रदेश प्रमुखको कार्यालय