कञ्चनपुर / कञ्चनपुरकाे दोधारा चाँदनी नगरपालिका – ९ का एक फरार प्रतिवादी पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा साेहिँ ठाउँका धनबहादुर सुनार रहेकाे कञ्चनपुर प्रहरीले जनाएको छ । लामो समयदेखि फरार रहेका उनलाई शुक्रवार ३० वर्षपछि पक्राउ गरिएकाे छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार उनलाई कुटपिट मुद्दामा जिल्ला अदालत, कञ्चनपुरले २०५० फागुन १५ गते ६ महिना कैद र २ हजार जरिबाना तोकेको थियो।
उनलाई अदालतले कैद सजाय भुक्तानीका लागि जिल्ला कारागार कञ्चनपुर पठाइ सकेकाे छ ।











