कञ्चनपुर / कञ्चनपुरको शुक्लाफाटा नगरपालिका–१० अबस्थित एक गोठमा आगलागी भएको छ।
बुधबार दिउँसो साेहि ठाउँ टोटि बस्ने ६९ वर्षीय रमेश कामीको भान्सा घरसँगै जोडिएको गोठमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
प्रहरीका अनुसार उक्त आगलागीबाट भान्सा घर तथा गोठ र छिमेकी तिर्थ कामीको गोठसँगै राखिएको ३ बिगाह जमिनको पराल जलेर नष्ट भएको जानकारी दिएकाे छ ।
आगलागीबाट दुवै जनाको करिब ३ लाख रूपैयाँ बरारबरको क्षति भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।











