कैलाली / कैलालीमा ल्यापटप चाेरी गरेकाे आराेपमा सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) पक्राउ परेका छन् ।
जिल्लाकाे धनगढी उपमहानगरपालिका स्थित स्वस्तिक अस्पतालबाट ल्यापटप चोरी गरेको आरोपमा पक्राउ पर्नेमा धनगढी-३ घर भएका सशस्त्र प्रहरीका प्रहरी सहायक निरीक्षक (असई) रमेश भण्डारी रहेकाे जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।
पक्राउ परेका भण्डारीविरुद्ध मुद्दा दर्ता भएर अनुसन्धान भइरहेको छ । असइ रमेश भण्डारीको जागिर नै जाने हिसाबले मुद्दा चलिरहेको प्रहरीले जनाएको छ ।
दार्चुलामा कार्यरत रहेका उनी चोरीको बेला पोखरा ट्रेनिङको लागि पठाइएकाे सशस्त्र प्रहरी कार्यालयबाट खुल्न आएकाे छ ।
चोरीपछि उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीकाे संयुक्त टाेलिले अनुसन्धान गरि पक्राउ गरिएकाे स्राेतले जनाएकाे छ ।











