दार्चुला / दार्चुला जिल्लाको नौगाड गाउँपालिका अध्यक्ष दलजितसिंह धामी सवार गाडी दुर्घटना भएको छ ।
आज (बिहीबार ) दिउँसो साढे १२ बजेतिर साेही गाउँपालिका – २ स्थित सुण्डमुण्डबाट होपरिगाडतर्फ गइरहेको प्रदेश न ३-०२२ च ५१२९ नम्बरको बोलेरो जिप साेहि गाउँपालिका-३ स्थित बगड जामिरमा दुर्घटना भएकाे जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएकाे छ ।
उक्त दुर्घटना परी चालक जयभान सिंह ठगुन्ना गम्भीर घाइते भएका छन् भने गाउँपालिका अध्यक्ष धामीलाई सामान्य घाइते भएका छन्।
घाइते दुबै जनाकाे गोकुलेश्वर अस्पतालमा उपचार भइरहेको प्रहरी स्राेतले जनाएको छ ।











