अछाम / अछाममा ७ जुवाडे पक्राउ परेका छन्।
गए राती जिल्लाकाे मंगलसेन नगरपालिका–९ वलीगाउँकाे एक घरमा जुवातास खेलिरहेको अवस्थामा घरमालिकसहित ७ जनालाई नियन्त्रणमा लिएकाे अछाम प्रहरीले जनाएकाे छ ।
उनीहरूबाट नगद ५० हजार रूपैयाँ र २ बुक ताससहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अछामले जनाएकाे छ ।











