डाेटी / डोटीमा एक घरमा आगलागी भएको छ।
जिल्लाकाे दिपायल सिलगढी नगरपालिका–७ उडितोलाका आगलागी भएकाे जिल्ला प्रहरी कार्यालय डाेटीले जानकारी दिएकाे छ ।
आइतबार राती साेहि ठाउँका ५० वर्षीय छत्रबहादुर खड्काको घरको पूजा कोठामा करेन्ट सर्ट भई आगलागी भएको हाे ।
उक्त आगलागीबाट कोठाभित्र रहेका सामान, नगद तथा सुनका गरगहना जलेर नष्ट भएको प्रहरीले जानकारी दिएकाे छ ।











